Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्या,न गु,मा,एका थप १२ नेपालीको शव स्वदेश आइपुगेकाे छ । साउदी अरब र कतारमा मृ,त्यु भएका १२ नेपालीको श,व बुधवार नेपाल ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

साउदीमा कोरोनाका कारण अलपत्र नेपाली परेका नेपालीहरुलाई लिएर आएको नेपाल एयरलाइन्सको चार्टर्ड जहाजले त्यहाँ विभिन्न कारणले ज्या,न गु,मा,एका ११ नेपालीको श,व पनि ल्याएको हो । साउदीको रियादबाट बुधवार २५७ नेपाली स्वदेश फर्केका छन् ।

त्यस्तै कतारबाट पनि एक मृ,त,क नेपालीको श,व ल्याइएको छ । दोहास्थित दूतावासका अनुसार २ महिलासहित १४५ नेपाली लिएर काठमाण्डौँका लागि उडेको नेपाल वायुसेवा निगमको उडानमा लकडाउनकै समयमा दोहामा ज्या,न गुमाएका एक नेपालीको श,व पनि पठाइएको हो ।