Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन्।

मुटुमा सम्बन्धी समस्या आएपछि ओली बाँसबारी स्थित गंगालाल अस्पताल पुगेका हुन।

नियमित मुटु परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा पुगेको बालुवाटार स्रोतले जनाएको छ।

अहिले प्रधानमन्त्री ओलीको मुटु परीक्षण गरिँदै छ। प्रधानमन्त्री ओली केही समयअघि मात्रै अस्पताल पुगेका हुन।

प्रधानमन्त्री ओली बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।