Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

एजेन्सी । बलिउड अभिनेता सुशान्त राजपुतको निधन भएको १५ दिन भन्दा बढी भइसकेको छ । उनको निधन पछि उठेको एक वहसले अहिले पनि सुशान्तको हरेक पाटाको विषयमा अनुसन्धान भइरहेको छ । गत जुन १४ मा आफ्नै घरमा झु’न्डि’एको अवस्थामा मृ’त फेला परेका थिए । उनी पवित्र रिस्ता नाम गरेको धारावाहिकवाट कलाकारितामा प्रवेश गरेका थिए ।

उनको को स्टारका रुपमा थिइन् अंकिता लोखण्डे ।लामो समय काम गरेका उनीहरुबीच प्रेम सम्बन्ध पनि स्थापित भएका थियो । उनीहरु करिब ७ वर्ष प्रेम सम्बन्धमा थिए । तर पछि सुशान्त सानो पर्दावाट ठूलो पर्दा तिर ब्यस्त हुन थाले । उनीहरुको प्रेम सम्बन्ध पनि छुट्यो । सुशान्त आफ्नै जिवनमा ब्यस्त हुन थाले । अंकिता र सुशान्तको कुराकानी पनि हुन छोडेको थियो ।