Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौँ – चर्चित मोडल सारिका केसी पछिल्लो समय सबैको लोकप्रिय बनेकी कलाकार हुन् । बाग्लुङमा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने चन्चले स्वभावका साथ टिभि हेर्दै अभिनय गर्ने गर्थिन् । मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने सारीकको यतिबे.ला सयौं म्युजिक भिडियो तथा फिल्महरु रहेका छन् ।

आफूले सबैसँग राम्रो व्यवहार गर्ने भएकाले पनि यो क्षेत्रमा लामो समयसम्म टिक्छु भन्ने उनले वुझेकी रहिछन् । आफूलाई मनपर्ने कथावस्तु पाएको खण्डमा चलचित्रमा आधुनिक यूवती बनेर खेल्न मन लागेको चाहना सुनाउँदै बाग्लुङकी सुन्दरीले भनिन्-‘म राम्रो ब्यानरको पर्खाइमा छु । ब्यानर राम्रो नभइ कोही पनि अगाडि बढ्न सक्छ जस्तो लाग्दैन ।’हेर्नुहोस के हो बास्तबिकता ? –