Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौं । आफ्नो करिअरका लागि कलाकारहरुले विभिन्न खालका कर्तुतहरु गरिरहेका हुन्छन् । आज हामी यसै विषयमा केही चर्चा गर्दैछौं । बलिउडमा कलाकारहरू जसले आफ्नो करिअरका लागि विवाह गरेको भन्ने कुरा नै लुकाएका थिए ।

बलिउडमा केही सेलिब्रेटीहरू आफ्नो सम्बन्धलाई खुलाएर चर्चामा आउँछन् भने केही लुकाएर । बलिउडमा केही यस्ता अभिनेत्रीहरू छन्, जसको बारेका कमै मात्र प्रशंसकलाई थाहा छ कि उनीहरू विवाहित हुन् ।

उनीहरुले करियरका लागि आफू विवाहित भएको वास्तविकता लुकाएका थिए । तिमध्येका हुन्, अदिति राव ह्यादरी, सुरवीन चावला र राधिका आप्टे ।

अदिति राव ह्यादरी

अदिति राव ह्यादरीले २१ वर्षको उमेरमा सत्यदीप मिश्रासँग विवाह गरेकी थिइन् । उनले बलिउडमा डेब्यू गर्नको लागि आफू विवाहित भएको वास्तविकता लुकाइन् । उनको अहिले सम्बन्धविच्छेद भइसकेको छ ।

सुरवीन चावला

सुरवीन चावलाले २०१५ मा आफ्नो प्रेमी अक्षय ठक्करसँग विवाह गरेकी थिइन् । उनीहरूको प्रेम सम्बन्धको दुई वर्षपछि नै विवाह गरेकी थिइन् । उनले लामो समयसम्म आफू विवाहित भएको कुरा लुकाइन् । केही वर्षपछि मात्रै उनले शेयर गरेको तस्बिरले धेरैलाई आश्चर्यमा पारेको थियो । उनको एक छोरी छिन् ।

राधिका आप्टे

राधिका आप्टे आफ्नो व्यक्तिगत जीन्दगीको विषयमा कमै चर्चामा आउने गर्छिन् । कमैलाई थाहा होला उनी विवाहित हुन् । उनले २०१२ मा विदेशी म्यूजिशियन बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । राधिका आफ्ना श्रीमानसँग लण्डनमा बस्दै आएकी छिन् ।