एजेन्सी बुधबार, आषाढ १७, २०७७

एजेन्सी । मान्छे ५० कटेपछि बुढो भएको महसुस गर्न थाल्छन् तर एक यस्ती ट्रक चालक पनि छिन् जो अझै युवा जोश साथ सडकमा गाडी चलाउछिन् ।

पाकिस्तानको एक महिला शाहमीन अख्तरले ५४ वर्षको उमेरमा पनि ट्रक चलाउछिन् । उनी देशको नै पहिलो महिला ट्रक चालक हुन् । उनी जस्तो महिला ट्रक चालक हुनु पाकिस्तानको गौरवको कुरा हो । पाकिस्तानमा उनी मात्र यस्तो महिला हुन जोसँग ठुला सवारी चलाउने लाइसेन्स छ ।

उनी पाँच सन्तानकी आमा हुन् । चालक हुनु अगाडी उनले कपडा सिलाउन सिकाउने शिक्षक थिइन् । स्कुल बन्द भएसँगै लाइसेन्स प्राप्त गरीन् । उनले इस्लामबाद बाट रावलपिंडीको बीचमा ट्रक चलाउँछिन् । उनले ५३ वर्षको उमेरमा ड्राइभिङ स्कुल पनि खोलेर सिकाउदै आएकी छिन् । शाहमीनलाई छिमेकीले महिला होइन पुरुषको नजरले हेर्ने गरेका छन् । उनी हाल छुटेको पढाई निरन्तर गर्ने तयारीमा छिन् ।

यसैबिच, पाकिस्तानकै अर्को समाचार अनुसार मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ ।

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध ९आईएसपीआर० लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, “मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको छ ।” उहाँ पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरलाई पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाउनुभएको छ ।

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । उहाँ मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बन्नुभएको थियो । भिडियो source: etajakhabar