Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौ । विश्वभर म’हा’मा’रीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैसँग अपिल गरेका छन् । विश्वभर अहिले कोरोना सं’क्रमितहरुको संख्या एक करोड पाँच लाख भन्दा धेरै हुँदा पाँच लाख १४ हजार भन्दा धेरैको मृ’त्यु भएको खबर आएको छ ।

निको हुनेहरुको संख्या पनि बढेर ५८ लाख नजिक पुगेको छ । अहिले विश्वमा सबैभन्दा धेरै प्रभावित देशहरुमा अमेरिका रहेको छ । अमेरिकामा २७ लाख भन्दा धेरै सं’क्रमित रहँदा एक लाख ३० हजार भन्दा धेरैको मृ’त्युको खबर आएको छ । अमेरिकामा ११ लाख ४३ हजार भन्दा धेरै निको पनि भैसकेका छन् ।

यो बीचमा जुकरबर्गले श्रीमती प्रिसिला चानसँगको माक्स लगाएको तस्विर फेसबुकमा राख्दै सबैसँग माक्स लगाउन अपिल गरेका हुन् । उनले लेखेका छन् , ‘कृपया मास्क लगाउनुहोस् । कोभिड फेरि तिव्र गतिमा फैलदैँछ, मास्कले व्यक्तिलाई स्वस्थ राख्न र देश खुला राख्न मद्दत गर्दछ ।’ कोरोना सं’कटलाई लिएर फेसबुकले विभिन्न खालका सहयोगहरु पनि उपलब्ध गराएको छ ।सबैको जानकारीको सेयर गर्नुहोस !!