Jagaran Nepal बुधबार, आषाढ १७, २०७७

काठमाडौं – सिरहामा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका र सिरहाको भन्सार कार्यालय माडरका बोर्डर आउट पोस्टमा कार्यरत मनोहरकुमार यादव रहेका छन् ।उनी सिरहा नगरपालिका–१४ खिरौनास्थित कुलोको डिलमा मृत फेला परेका हुन् । उनी सोमबारदेखि नै बोर्डर आउट पोष्टको सम्पर्क भन्दा बाहिर रहेका थिए ।

उनी मंगलबार दिउँसो कुलोको डिलमा मृत फेला परेका हुन् । उनको शव हेर्दा कसैले ज्यान लिएको हुनसक्ने अनुमान लगाइएको प्रहरीले जनाएको छ भारतबाट नेपाल प्रवेश गर्‍यो सलहको समूह काठमाडौं – सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषी मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको जनाइएको छ ।