Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

काठमाडौंः बंगलादेशको राजधानी ढाकास्थित बुरिगाङगाको एक नदिमा डुंगा दु’र्घ’ट’ना भएको छ । दुर्घटनामा कम्तीमा २३ जनाले ज्यान गुमाएको खुलेको छ । नदिमा चलिरहेको एउटा सानो डुंगा अर्को पानी जहाजसँग ठोक्किएर दुर्घटना भएको उद्धारकर्ताहरुले बताएका छन् । दु’र्घ’ट’नामा परि मृ’त्यु भएका २३ जनाको श’ब बाहिर निकालिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

स्थानिय सरकारका अनुसार उद्धार कार्य जारी रहेको छ । दु’र्घ’ट’नामा परेको डुंगामा ५० जना सवार भएकाले मृ’त्यु हुनेको संख्या थप बढ्नसक्ने अनुमान गरिएको छ ।यो पनि हेर्नुसबागलुङमा एकै दिन ६८ जनाले कोरोना जितेजिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका ६८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण आइसोलेसनबाट डिस्चार्ज गरिएको हो । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ९२ पुगेको छ ।