Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

काठमाडौं, १६ असार । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेता प्रदीप खड्काले आरडीटी टेस्ट गराएका छन्। विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका निर्माता/निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभि यन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले को’रोना टेस्ट गराएका हुन् ।

को’रोना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले कोरोना संक्रमित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सहयोग प्रदान गर्दै आएको छ । विभिन्न कोरोना संक्रमित क्षेत्रहरुमा गएर कार्यक्रमहरु सञ्चालन गरेको र को’रोनाको आशंकामा आरडीटी टेस्ट गरिएको निर्माता/निर्देशक सेनले जानकारी गराए ।गत वर्षको चैत २८ गते रिलिज गरिने भनिएको नेपाली कथानक फिल्म ‘प्रेमगीत–३’ का कोरोना महामारीका कारण रिलिज मिति स्थगन गरिएको थियो ।