Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

झापा । विवाह भएको ९ वर्ष पछि बुहारीले तिमीहरु दलित हौ भन्दै घर छोडेपछि परिवार रुँदै मिडियामा आएको छ । उनीहरुको एक छोरी पनि छन् । झापाको बाउनडाँगीमा भएको यो घटना सार्वजनिक भएपछि फेरी जातिय विभेदको विषय उठेको छ । ९ वर्ष अघि विपिन बराइलीले भारतमा प्रेम विवाह गरेका थिए । गौरी गिरीसंग भएको विवाहको ९ वर्ष पछि अहिले विपिन एक्लिएका छन् । विपिन र गौरीको एक छोरी पनि छन्

कोरोनाका कारण लकडाउन जारी रहेकी कारण विपिन झापा स्थित घर आएका थिए । उनीलाई झापा आएपछि घरमा सिधै आउन थिएनन् । उनीहरु क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेको ३ दिन पछि उनको श्रीमती भने तिमीहरु दलित हौ भन्दै घर छोडेर हिडेकी छन् ।

झापा स्थित घरमा सासु बुहारी बस्थे । बुहारीले आफुलाई कहिल्यै राम्रो ब्यवहार समेत नगरेको सासुले बताएकी छन् । छोराले कमाएर पठाएको पैसा पनि बुहारीले कहिल्यै आफुलाई नदिएको सासुको भनाई छ । घर खर्च म आफै चलाउथे, छोराले पठाएको पैसा पनि नदिने गरेको उनको भनाई छ ।

छोरा भारतवाट आएर क्वारेन्टिनमा बसेकै बेलामा बुहारी हिडेपछि पनि सासुले २ दिन सम्म छोरालाई त्यो कुरा सुनाइनन् । भारतवाट आएर छोरा त्यसरी बसेको छ, बुहारी कतै गएकी होली फर्केर आउली भनेर २ दिन सम्म छोरालाई केही नभनेर आफै खोजिरहेँ । तर आइन उनले रुँदै भनिन्, मैले कान्छी बुहारी भनेर कति माया गरेर राखेकी थिए ।

अहिले भने बुहारीले छिमेकीलाई यिनीहरु कामी रैछन् म अब बाहुनसंग विवाह गर्ने हो भन्दै सुनाउने गरेको आफुले अहिले थाहा पाएको बताइन् । उनले आफुले यस्तो सुन्दा पनि बुहारीलाई केही नभनेको बताइन् । उनले आफुले आफ्नो बृद्ध भत्तावाट काम चलाएको बताइन् । ७५ वर्षको उमेरमा पनि अरुको घरमा काम गर्न गएर पैसा कमाउने गरेको पनि उनले बताइन् । आफु अरुको घरमा काम गर्न जाँदा बुहारीले रक्सि समेत खाने गरेको आफुले थाहा पाएको बताइन् ।

कसैले राम्रो दवाई हुन्छ अरे भन्ने सुनेकी थिए, उसलाई खान मन लागेको होला भनेर केही भनिन्, सासुले भनिन्, एक दिन मासु पकाएको बेलामा खाउँ भनी मैले खाउँ भने । उनले निकै माया गरेर राखेकी बुहारीले त्यसरी दलित हौ भन्दै हिडेपछि अहिले नातिनीको भविष्य सम्झेर निकै चिन्ता लागेको बताइन् । सानी छोरी पनि आमा सम्झने गरेकी छन् ।
भिडियाे