Jagaran Nepal मंगलबार, आषाढ १६, २०७७

मुम्बई- सुशान्त सिंह राजपूतको निधनपछि एक भारतीय टेलिभिजनमा देखिने भएका छन्। उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ। दैनिक भास्करका अनुसार ‘जी अनमोल च्यानल’ले उनलाई श्रद्धांजलि दिँदै उक्त लोकप्रिय शो पुनः प्रसारण गर्न गइरहेको छ। उनालाई यहीबाट पहिचान पनि मिलेको थियो।सुशान्तले यस शोमा मानव देशमुखको भूमिका निभाएका थिए।

याे पनि : आज चर्चित लोक दोहोरी गायक बद्री पंगेनीको जन्मदिन- काठमाडौ, असार १६- आज चर्चित लोक दोहोरी गायक बद्री पंगेनीको जन्मदिन परेको छ । आज अर्थात मंगलबार उनको जन्मदिन परेको हो ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ २०३८ साल असार १६ गते नबलपरासी जिल्लामा जन्मिएका उनि पाल्पाको रामपुरको श्री दराई ठाँटी माविबाट वि.सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौं छिरे अहिलेसम्म सयौँ गीतमा स्वर दिएका उनलाई सर्वाधिक चर्चामा पुर्‍याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ रहेका छन् ।

छोटो समयमै लोक गायकको परिचय बनाउन सफल पंगेनीले इमेज, हिट्स, अन्नपुर्ण अवार्ड पाइसकेका छन्। र पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष हुन्। उनी वि। सं। २०७३ असोज १२ गते अध्यक्ष पदमा निर्वाचित भएका थिए।