Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

काठमाडौं : कोरोना भाइरस जाँच गर्ने पीसीआर मेसिन स्थापनाका लागि पौडी खेलाडी गौरिका सिंहले १ लाख सहयोग गरेकी छिन् ।उनले डडेल्धुरामा स्थापना हुन लागेको पीसीआर मेसिन स्थापनाका लागि हजुरबुबा लोकभक्त राणामार्फत् आर्थिक सहयोग गरेकी हुन् । गौरिका अहिले आफ्ना आमाबुबासँग बेलायतमा छिन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेर कीर्तिमानसमेत बनाएकी सिंहको पुख्र्यौली घर सुदूरपश्चिम हो । उनको पुर्खा सुदूरपश्चिमको बझाङका हुन् ।यसअघि पीसीआर मेसिन खरिदका लागि तेक्वान्दोका दिपक बिष्ट र उनकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, क्रिकेटका प्रशिक्षक जगत टमाटा, क्रिकेटर नरेश बुढा ऐरले पनि आर्थिक सहयोग गरिसकेका छन् ।कोरोना जाँचका लागि मेसिन अभाव भएपछि सहयोग अपिल गर्दा विभिन्न विधाका खेलाडीले पनि आर्थिक सहयोग गरिरहेका छन् ।