Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

काठमाडौं । आफुले बनाएको कोरोना विरुद्धको औषधि आयुस मन्त्रालय र आयुर्वेदको औषधिलाई विक्रिवितरण गर्ने लाइसेन्स दिने निकाय (आयुर्वेद विभाग) ले रोक लगाएपछि बाबा रामदेव निकै रि’साएका छन् । उनले आफुले बनाएको औषधि अनुसन्धान र अध्ययनवाट निस्किएको परिणाम भएको बताएका छन् ।

उनले आफुले बनाएको औषधिले कम्तिमा ३ र बढीमा ७ दिनमा कोरोना निको हुने दावी गरेका छन् । उनले कोरोनाको औषधि अब मुलुकभर निशुल्क दिने पनि घोषणा गरेका छन् । उनले घरमै बसेकाहरुलाई पनि निशुल्क औषधि उपलब्ध गराउने बताएका छन् । उनले आफु सन्यासी भएपनि बैज्ञानिक सन्यासी भएकाले आफुले तथ्यपरक कुरा बोल्ने र प्रयोग गर्ने दावी गरेका छन् ।

एक भारतीय टेलिभिजनसंग अन्तरवार्ताका क्रममा उनले एलोपेथिक औषधि उत्पादक र विक्रेताहरुले कोरोनालाई लिएर ब्यवसाय गरेको र महंगो औषधि निर्माण र विक्रिवितरण गरिरहेको आरोप लगाएका छन् । तर आफुले भने ब्यवसायको लागि नभएर नागरिकको स्वास्थ्यका लागि काम गरेको बताएका छन् । उनले कोरोना निको भएपनि त्यसले शरिरका अन्य अंगमा पार्ने प्रभावको पनि उपचार आफुसंग भएको दावी गरेका छन् ।

टेलिभिजनमा अन्तरवार्ताका क्रममा रामदेवले आफुले ग्रन्थ १० हजार भन्दा बढी सुत्र र २० हजार भन्दा बढी बेदको मन्त्र पढेर २० हजार भन्दा बढी मानिससंग प्रत्यक्ष भेटेर आफुले अनुसन्धान गरेर मात्र सोध गरेको बताएका छन् । उनले आफु माथि छुवाछुतको ब्यवहार गरेको भन्दै आुक्रोुशित भएका छन् । उनले आफुलाई जातको विषयमा प्रश्न उठाइएको, कही आफुलाई ठुगी गरेको भनेर आरोप लगाइएको बताएका छन् ।

उनले आफुलाई राष्ट्रभक्ती माथि पनि प्रश्न उठाइएको भन्दै आुपत्ती जनाएका छन् । आफ्नो योगधर्म, सेवाधर्म, राष्ट्रधर्म र योगी र ध्यानी गुण प्रति असहमति राखेपछि आफुले भनेको जडिवुटी भने प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘मलाई जति घृणा गरेपनि जडिवुटी खाएर कोरोनालाई परास्त गर ताकी मलाई घृणा गर्न जिवित रहन्छौ ।’

गत मंगलवार पतञ्जलीले कोरोनाका लागि उपयुक्त हुने भन्दै औषधि सार्वजनिक गरेको थियो । सो औषधि सार्वजनिक भए लगत्तै आयुष मन्त्रालयले अहिलेक कोरोनाको कुनै औषधि नबनेको भन्दै कोरोनाका नाममा कुनै पनि औषधि विक्रिवितरण र प्रचारमा रोक लगाएको थियो ।

आयुर्वेदिक औषधि विक्रिवितरणको लाइसेन्स दिने आधिकारीक निकायले पनि कोरोनाको औषधि विक्रिका लागि कुनै लाइसेन्स नदिएका कारण रामदेवले उत्पादन गरेको औषधिवाट कोरोनाको औषधि भन्ने लोगो हटाउन निर्देशन दिएको थियो । निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

उत्तराखंडको आयुर्वेदिक विभागले दिव्य फार्मेसीलाई एक नोटिस पठाउँदै औषधिमा लगाइएको लेवलमा कोरोना भाइरसको उपचार भन्दै गलत प्रचार गरिएका कारण त्यो तत्काल हटाइयोस् । विभागले भनेको छ, सो औषधिमा प्रयोग गरिएको जडिवुटीले रोग प्रतिरो’धात्मक क्षमता बढाउने भएपनि कोरोनाकै उपचारमा उपयोगी हुने पुष्टि हुन सक्दैन । त्यसैले कोरोनाको उपचारका लागि भन्दै लगाइएको लेवल गलत भएका कारण त्यो नहटाइए कारवाही समेत गर्न सकिने छ ।