Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचारकाे क्रममा एक जना कोरोना संक्रमित मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हाे ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियाे । दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए ।

नेपाल योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३ हजार १३ पुगेको छ ।

हिजो थपिएका नयाँ संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा एक हाजर ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।