Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

काठमाण्डु, १५ असार– सरकारी अधिकारीले आउँदैन भन्दाभन्दै ठूलो समूहमा सलह किरा नेपाल प्रवेश गरेको छ ।

आइतबार पहिलोपटक नेपालमा सलक प्रवेश गरेको थियो । सानो संख्यामा सलह नेपाल आएको र अब नआउने भन्दै कृषि मन्त्रालयले कृषकलाई आश्वस्त तुल्याउन खाजेकोे थियो ।

तर, त्यसको २४ घण्टा नबित्दै नेपालमा सलहको विशाल झुण्ड पसेको छ । यसअघि पनि मनसुन सुरु भएको र हावाको बहावका कारण जताबाट आयो उतै फर्किन लागेकाले नेपालमा सलह नआउने दाबी सरकारले गरेको थियो ।