Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

काठमाडौँ । शनिबारदेखि नेपाल भित्रिएको सलह कीरा अमेरिकी गीत बजाएर भगाउन सकिने कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले दाबी गरेका छन्।

संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै मन्त्री भुसालले सलह भगाउने गीत तथा संगीत झिकाउन लागेको बताएका हुन्।

सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले भने, मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने सुझाव दिएका छन्। त्यसैले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको छ। अब संगीतका माध्यमबाट सलह भगाउन सकिनेछ।

उनले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन नदिनका लागि केन्द्रले बजेट पठाउने पनि बताए।