Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

दोहा ।कतारबाट साेमबार १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन्।कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।दोहाबाट काठमाण्डौँका लागि नेपाल वायुसेवाको न: २३९२ को उडानमा हालै दोहामा मृ’त्यु भएका एक जना नेपालीको श’व पनि सोही उडानबाट नेपाल पठाईएको दूतावासले जनाएको छ ।