Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

कोरोना भाइरसको संक्रमणको समयमा विश्वभरका धेरै देशहरूले क्वारेन्टिनमा राख्दै आएका छन् । यसै क्रममा एउटा रोचक घटना सार्वजनिक भएको छ । युगाण्डा सरकारले को रोना संक्रमितलाई राखिएको क्वारेन्टिनमा राखिएकाहरुले त्यहीँ यौ’नलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी नै खटाउनु परेको छ ।

युगाण्डाको स्वास्थ मन्त्रालयले सरकारी क्वारेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शारी रिक सम्बन्ध राख्ने कार्यले को रोना नियन्त्रणमा ठूलो चुनौती थपेको टिप्पणी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो हर्कतले कोरोना भाइरस रोक्ने सबै प्रयास खेर जानसक्ने चिन्ता ब्यक्त गरे ।

स्वास्थ सचीव डियानाका अनुसार क्वारेन्टिनमा राखिएका कोरोना संदिग्धहरुले आफ्ना पार्टनरसँग नभई सोही सेन्टरमा भेटिने अपरिचित विपरीत लि’ङ्गीसँग यौ’नलीला सुरु गर्नुले चुनौती थपेको ‘द गार्जियन नाइजेरिया’मा खबर छ ।

‘द गार्जियन नाइजेरिया’ले युगाण्डाका स्वास्थ सचीव डियानालाई उदृत गर्दै भने- ‘युगाण्डाका नागरिक कोरोना भाइरसको खतराको बिषयमा गम्भीर छैनन् । क्वारेन्टिनमा बसीरहेका कैयौं सं’दिग्धहरुले से’क्सुअल अफयेर चलाइरहेका छन् । हामीले उनिहरुलाई जहाँ राखेका छौं, उनिहरु त्यहाँको अर्को कोठाहरुमा गैरहेका छन् । यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टिनमै राखिएको छ भने मानिसहरूको आवतजावत रोक्नको लागि क्वारेन्टिन सेन्टरमा सुरक्षा अधिकारीहरु तैनाथ गरिएको छ ।

त्यस्तै हालै संयुक्त राष्ट्र संघको एक आधिकारिक कारमा एक जोडीले यौ’न सम्बन्ध गरिरहेको भिडियो बाहिरिएपछि तनाव सिर्जना भएको छ । संयुक्त राष्ट्र संघले घटना आपत्तिजनक रहेको भन्दै गम्भीर छानबिन भइरहेको जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो १८ सेकेन्डको छ । भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो लुगा लगाएकी महिलासँग एक पुरुषले यौ’न सम्बन्ध राखिरहेका छन् ।

यो से’क्स भिडियो इजरायलको तेल अविवको समुद्री किनारमा खिचिएको बताइएको छ । भिडियोमा यौ’नरत मानिस पहिचान गर्ने प्रयास भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । संघले भनेको छः यौ’न भिडियोमा देखिएका व्यक्ति इजरायल शान्ति रक्षक दलका सदस्य हुन सक्छन्।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन डुजारिकले त्यो भिडियोलाई ‘बी’भ’त्स’ को संज्ञा दिएका छन् । ‘यदि ती मानिस संयुक्त राष्ट्र संघकै सदस्य रहेछन् भने हामी जुन दु’र्व्यवहारविरुद्ध ल डिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र सबै हामीविरुद्ध हुनेछ।’

त्यो यौ’न सम्बन्ध दुवैको सहमति भएको हो वा पैसा लेदनमा भन्ने प्रश्नको जवाफमा प्रवक्ता डुजारिकले यसबारे अहिले अनुसन्धान जारी रहेको बताए। सांकेतिक तस्बिर- गुगल