Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

काठमाडौं – धुवाँ धुलो वा अन्य सरुवा रोग पछिल्लो समय बिकराल रुप लिइरहेको कोरोनाभाइरस, स्वान फ्लु जस्ता समस्याहरुबाट जोगिनका लागि माक्सको प्रयोग प्रभाबकारी हुने बिशेषज्ञहरु बताउँछन् ।

धेरैजसो मानिसहरुले यस्ता समस्याहरुबाट जोगिनका लागि माक्सको प्रयोग गरेपनि उचित तरिकाले प्रयोग गर्न जान्दैनन् । उचित तरिकाले मास्कको प्रयोग नगर्दा मास्कले पुर्याउने फाइदा हुदैँन ।

कपडाको मास्क र एकसरो कागजमा बनेको मास्कले कुनै फाइदा हुदैँन । तर सर्जिकल मास्क राम्रो तरिकाले बनाएको हुनाले यसको उचित प्रयोग गर्दा यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।

सर्जिकल मास्कमा दुइवटा पत्र हुन्छ एक साइड हल्का निले रंगको हुन्छ भने अर्को साइड सेतो हुन्छ । यसको प्रयोग गर्दा निलो भागलाई बाहिर पार्नुपर्छ । यसले पानि र बाहिरको हावालाई रोक्छ । भित्र पट्टिको सेतो रंग भएको भागले कणहरु र श्वासबाट निस्कने इन्फेक्सनलाई कन्ट्रोल गर्छ । मास्कको प्रयोग गर्दा नाकमा अड्काउने हुन्छ त्यसलाई माथि पट्टि बनाउनुपर्छ ।

माक्सलाई कानमा अड्काउनु अघि त्यसलाई भित्री भागमा राखेर अड्काउनुपर्छ । र नाकमा अड्काउने सिन्को जस्तोलाई नाकमा मिल्ने गरि खुम्चाउनुपर्ने हुन्छ । यसरी मास्कको प्रयोग गर्दा प्राय हावा बाहिर जादैँन ।

यसरी मास्क प्रयोग गर्दा रुघाखोकि लागेको व्यक्तिको नजिक पनि बस्न सकिन्छ । यसले केहि हदसम्म यस्ता समस्याबाट जोगाउने गर्दछ ।