जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यहीबेला पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्।एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध। यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्।
भारतकी छोरी भएपनि उनको ब्यवहारका कारण उनको नेपालमा बढ्दो लकोप्रियताससुरा ज्ञानेन्द्रले राजगद्दी त्यागेको दुई वर्ष नपुग्दै २०६७ सालमा हिमानी कोष स्थापना गरेर उनी सर्वसाधारणसँग घुलमिल हुन थालिन्। हिमानी जहाँजहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण भिड लाग्नेगर्छ ।
मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छन्। यद्यपी हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन्। आफ्नो निजी जीवन वा श्रीमान पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छन्।
हिमानी पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ट सम्बन्ध कायम राखेकी छन्। उनि भारतकी छोरी भएपनि उनको ब्यवहारका कारण उनको नेपालमा बढ्दो लकोप्रियता छ ।हिमानीको परिवार, सिकर राजाकी छोरी ! सिंह बाट कसरी बनिन् शाह?
भिडियाे