Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

काठमाडौं विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने बताएको छ कोरोनाको भ्याक्सिन तयार पार्न कयौं देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो विश्वमा फै,लि,एका यस्ता म,हा,मा,री,को भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ ।

साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ । एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रो,गप्र,ति,रोधात्मक क्षमता विकास गरेका छन् ।

विश्वका कयौं देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फै,लि,एको छ । यस्तो अवस्थामा म,हा,मा,री,का रुपमा फै,लि,ए,को कोरोना रोक्न भ्याक्सिन नै एक विकल्प भएको पनि डब्ल्युएचओले जनाएको छ ।यस्तै कोरोना भाइरसको सं,क्र,म,ण,बाट विश्वभर १ करोडभन्दा बढी मानिस सं,क्र,मि,त भएका छन् । आइतबार एकै दिन १ लाख ७५ हजार २६७ जना सं,क्र,मि,त भएका छन् ।

योसँगै विश्वभर सं,क्र,मि,त,को संख्या १ करोड ७४ हजार ६३० पुगेको छ ।विश्वभर पछिल्लो २४ घण्टामा मृ,त्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृ,त्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको सं,क्र,म,ण,बाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै सं,क्र,म,ण,बा,ट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना सं,क्र,मणमु,क्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना सं,क्र,मि,त भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ ।