Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

काठमाडौ, असार १४ – साताको पहिलो दिन सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मुल्य तोलामा ७ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार ३ सय रुपैया कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले बढेको हो । भने आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तैगरी चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।