शिब न्यौपाने आइतबार, आषाढ १४, २०७७

हामी सानै हुँदा बुबा आमाले सलहले मकैबाली सखाप पारेर एक वर्ष गाउँभरी अनिकाल लागेको सुनाउनुहुन्थ्यो, त्यहि दिन फर्किन लागेको त होइन ? उ बेला सलह सिध्याउने उपाय विकास भएको थिएन होला तर अहिले केही होला कि ? यो किरा नेपालको लागि कुनै नौलो होइन वि. सं २०५५ सालमा चितवन, मकवानपुर, बारा र महोत्तरी जिल्लाहरुमा सलह किराले निम्त्याएको अनिकाल को प्रमाण हामी माज छदैछ । उ बेलामा पाएको दुःख अहिले सिक्न जरुरी छ।

कोरोना भाइरसले गर्दा धोस्त हुन लागेको अर्थतन्त्रमा फेरी सलह किराले कृषिमा पुराउने असर र ल्याउन सक्ने खाद्यान्न स’ङ्क’टमा सरोकारवालाको ध्यानाकर्षण होस् । मकैमा लाग्ने अमेरिकि फौजी किराले सताइरहेको बेला अर्को ठुलो क्षति पुर्याउन सक्ने फट्याङ्रा प्रजातीको सलह किरा नेपाल प्रबेश गर्न सक्ने सम्भावना बढेको छ । अफ्रिकी मुलुकहरू सोमालिया, केन्या, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, इरान र पाकिस्तान हुँदै भारतसम्म सलहको प्रकोप देखिएको छ । हावा चलिरहेको दिशा तर्फ उड्न सहज हुने भएकाले भारत हुदै नेपाल प्रबेश गर्न हावाको बाहाब सङ्ग आउन सक्ने सम्भावना बढीनै देखिन्छ ।

किराको पहिचान : सलह संसारकै सबैभन्दा पुरानो हा’नि’का’रक प्रवासी किरा हो । सलहलाई सामान्यतया छोटो सीङ भएको फट्याङ्ग्रा भनेर चिनिन्छ । यिनीहरू व्यवहार परिवर्तन गर्न र झुण्ड बनाउने क्षमतामा साधारण फट्याङ्ग्रा भन्दा फरक छन् जुन ठूलो दूरी सम्म सर्न सक्छ। सलह विषेश गरि ३ प्रकारका हुन्छन ; बमबे सलह, प्रवासी सलह र मरुभूमि सलह । ति मध्ये मरुभूमि सलह (स्चिस्टोसिरका ग्रेगारिया) सबैभन्दा ख’त’र’नाक र हा’नि’का’रक हुन्छ जुन अहिले धेरै ठाउँहरुमा फैलिएर विनाश फैलाइरहेको छ । पोथी वयस्कले प्रत्येक प्रजनन् पछि बालौटे माटोमा ५० देखि ८० वटा अण्डा पार्छ । एउटा पोथी वयस्कले २-३ पटक (१५०-२०० वटा) अण्डा पार्न सक्छ ।

यो किरा कम्तिमा तीन देखि पाँच महिनासम्म बाँचिरहेको छ यद्यपि यो अत्यन्त परिवर्तनशील किरा भएकोले ज्यादातर मौसम र वातावरणीय अवस्थामा निर्भर गर्दछ । जवान अवस्थामा यो किरा पखेटा विहिन हुन्छन् जुन अबस्थालाई हप्पर भनिन्छ । यसको जीवन चक्र तीन चरणमा समावेश गरिएको छ; अण्डा (१०-१४ दिनमा फुट्छ ) , हप्पर (२५-५० दिन) र वयस्क (५०-८० दिन)।वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ । हावा चलिरहेको दिशा तर्फ उड्न पायो भनि १५० किलोमिटरको यात्रा केवल १ दिनमा गर्न सक्छ । यि फट्याङ्ग्रहरु बथानमा (४ देखि ८ करोडको संख्यामा ) उड्ने गर्दछन जुन हुललाई जमिनबाट हेर्दा धुलो उडे जस्तो देखिन्छ ।

पुराउने क्षति : हरियो देखिने पुरै बाली नस्ट गरि मरुभूमि बनाइदिन्छ । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । यिनीहरु उड्दै जाँदा बाटोमा पर्ने खाद्य बाली मात्र होइन रूखबिरुवा, डाँठ, झाडी सबै सखाप पार्दै अघि बढ्छन् । एउटै समूहमा ४ देखि ८ करोड संख्यामा हुने भएकाले ३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् र बढ्दो तापक्रमले गर्दा सलहले पुराउने क्षति पनि बढ्न जान्छ । जब यस किराले आक्रमण गरेको ठाउँमा वनस्पतिहरु सकिन थाल्छ तब वयस्क किराले आफ्नो शरिरबाट सेरोटोनिन हर्मोन निकाल्छ र अरुलाई झुण्ड बनेर ठाउँ परिवर्तन गर्न सङ्केत गर्छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले (एफएओ) हालै भारत, पाकिस्तानमा देखिएको सलह किरा आजभन्दा ७० वर्षपहिले देखिएकोभन्दा २० गुणा ठूलो भएको उल्लेख गरेको छ । पाकिस्तानले सलह किरा संग लड्नको लागी राष्ट्रिय आपतकाल घोषणा गरेको छ । विपत्तिहरूको समयमा, यसले संसारको २०% जमिनलाई सजिलैसँग प्रभाव पार्न सक्छ । विश्वका ६५ भन्दा बढी गरीब देशहरू र विश्वको जनसंख्याको एक चौथाई भागको आजीविकालाई सम्भावित रूपमा क्षति पुर्‍याउने आकलन गरिएको छ । कोरोना भाइरस ले गर्दा उत्पन्न हुनथालेको भोकमरीलाई घाउमा चुक हाले जस्तो अनुभूति दिनेछ ।

२०१९ – २०२० मा झुण्ड को कारण : हालै अरेबियन पेनिन्सुलामा आएको चक्रवात र भारी वर्षाका कारणले गर्दा अत्याधिक प्रजनन् (९ महिनामा ३ पुस्ता) र वृद्धिविकासका लागि अनुकूल वातावरणको सिर्जना भयो जनु हामीले पत्ता लगाउन सकिएन । यसको झुन्ड पहिलो पटक सं.न २०१९ मा यमन र साउदी अरब हुँदै ईरानमा देखियो र अहिले २०२० मा वर्षासंगैको आेसिलो माटो र हरियाली वातावरण पच्छ्याउँदै पाकिस्तान र भारत सम्म सलहको प्रकोप देखा परिसकेको छ। नेपालको हावा पानी मिल्दोजुल्दो भएकाले भारत सङ्ग सटिएका तराई र मध्य पहाडका धेरै जसो जिल्ला (जुन समुद्री सतहभन्दा १५०० मिटर तल छन्) उच्च जोखिममा रहेका छन् ।

नियन्त्रण : सलहको व्यवस्थापनलाई द्रुत प्रतिक्रिया र समन्वय प्रयासको आवश्यक पर्दछ जसले गर्दा सलहको बढ्दो घनत्वको जनसंख्यालाई पत्ता लगाउन सकिन्छ र कृषिलाई गम्भीर क्षति पुर्‍याउनु अघि उनीहरूलाई नियन्त्रण गर्न सकिन्छ । नेपालमा सलहसँग सम्बन्धित मुख्य समस्याहरू नियन्त्रण र स्थिर सलह अनुगमनको लागि पर्याप्त उपकरण र वित्तीय समर्थनको कमी हुन सक्छ । प्रकोप देखिएका देशहरुमा यसको व्यवस्थापनमा गरिएका तौर-तरिकाहरु सिकेर प्रकोप देखिएको खण्डमा लागु गर्न सक्छौ । यस किराको रोकथामका लागि निम्न उपायहरु अपनाउन सकिन्छ:

१. सलहहरु नेपाल प्रबेश गर्न सक्ने उच्च जोखिममा रहेका सम्भाबित क्षेत्रहरुमा नियमित अनुगमन गर्नु पर्दछ । २. जैवीक कीटनाशक औषधिहरू बाट उपचार गरेका वनस्पतिहरु नखाने हुनाले झोल मोल, निमको झोल, गाईभैंसीको पिसाव हरुको प्रयोग गर्न सकिन्छ । ३. राती र बिहान यि किराहरू कम सक्रिय हुनेभएकाले दिनको समयमा उच्च घनत्व भएको क्षेत्र पत्ता लगाई बिहान ६ देखी ९ बजे सम्म विषादिको प्रयोग गरि नियन्त्रण गर्न सकिन्छ ।४. वर्तमानमा मरुभूमि सलहको झुण्ड र हप्पर ब्यान्ड नियन्त्रण गर्ने प्राथमिक विधि भनेको सवारी र हवाई स्प्रेयरहरू द्वारा थोरै मात्रामा लागू गरिएको अर्गानोफोस्फेट विषादिको प्रयोग गर्न सकिन्छ ।

५. मेटिरिहाइजियम अक्रिडम परजिवी ढुसीको मात्रा बढाउन आयात वा अनुसन्धान गरिनुपर्छ, जुन प्राय सलहलाई लक्षित गर्दछ ।
६. सलहहरू प्राय प्राकृतिक दुश्मनहरूबाट टाढा सार्ने भएकाले प्राकृतिक शिकारीहरू र परजीवीहरूको नियन्त्रण सीमित रहेको देखिन्छ। यद्यपि विशाल जालहरू, ज्वाला फेंकने, धुवाँ गराउने, हावाको बहाब परिवर्तन गर्न, लसुन पानी छर्ने, पातमा पिठो छर्किने, लेजर र उच्च भ्याकुम विगत देखिनै सलह नियन्त्रणमा प्रयोग हुदै आईरहेका छन् ।७. हप्परहरु भन्दा वयस्क अबस्थाको सलह किरा ठुलो आवाज संग डराउने भएकाले ठुलो आवाज निकाल्ने खालका यन्त्रहरु को प्रयोग गरी भगाउन सकिन्छ८. सलहलाई प्रोटीनको स्रोतको रूपमा प्रयोग गरी मानव र जनावरहरूले खान मिल्छ ।

९. सं.न. २००० सालमा चीनले सलह किराको नियन्त्रण गर्नको लागि ३०,००० हाँस तैनाथ गरेको थियो, जसको प्राकृतिक आहारमा सलह जस्तो कीरा पनि पर्छ, यस योजना पछाडिको कृषि विज्ञ भन्छन् कि एकल हाँसले दिनमा २०० भन्दा बढी सलह किरा खान सक्छ र कीटनाशक भन्दा बढी प्रभावकारी हुन सक्छ।१०. मालाथियन र फेनिट्रोथियन जस्ता रसायनहरूको हवाई प्रयोगको अन्तिम रेखाको रूपमा स्प्रे गर्न सकिन्छ। महामारी र अनिकालको बिरूद्ध नेपाल तयार हुने समय आउँदैछ , त्यसैले सरकारले समयमै काम गर्नुपर्दछ। (लेखक – पृथु टेक्निकल कलेज दाङ ,कृषिमा स्नाकोत्तरमा अध्ययनरत विद्यार्थी हुन ।)