Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

२८ जून, १९१४ मा अस्ट्रिया–हंगेरीका राजकुमार आर्कडुक फ्रान्जको फर्डिनान्ड ह’त्या भयो, र प्रथम विश्वयु’द्ध निम्त्याउन यसले प्रमुख भूमिका खेल्यो । चार वर्षभन्दा लामो समय चलेको युद्धमा जर्मनी, अस्ट्रिया–हंगेरी, बुल्गेरिया र ओट्टोमन साम्राज्यसहितको केन्द्रीय शक्ति तथा बेलायत, फ्रान्स, रुस, इटली, रोमानिया, जापान र संयुक्त राज्य अमेरिकासहितका अन्य देशको गठबन्धन शक्तिबीच भिडन्त भयो । इतिहासकै सर्वाधिक क्रुर लडाइँ अन्त्य हुँदासम्म विश्वका ३७ देश यसमा संलग्न भइसकेका थिए र संसारका धेरै देशमा यसको प्रभाव परिसकेको थियो ।

नयाँ सैन्य उपकरण र यु’द्धको त्रा’सदीका कारण पहिलो विश्वयुद्धले नसोचेको वि’ध्वंश र र’क्त’पात मच्चायो । विश्वयु’द्ध सकिएर गठबन्धन शक्तिले विजय घोषणा गर्दासम्म सैनिक तथा सर्वसाधारण समेत गरेर २ करोडभन्दा धेरैको ज्यान गइसकेको थियो भने थप दुई करोड घाइते थिए । झन्डै ७ करोड सैनिक यस यु’द्धमा परिचालिन थिए । युद्धको सर्वाधिक ठूलो प्रभाव जर्मनी र फ्रान्सलाई प¥यो, यी दुबै देशले १५ देखि ४९ वर्षका झन्डै ८० प्रतिशत पुरुषहरुलाई यु’द्धमा खटाएका थिए ।

आर्कडुक फ्रान्ज फर्डिनान्डको ह’त्या
पहिलो विश्वयु’द्ध सुरु हुनभन्दा वर्षौअघि नै युरोपभर तना’व थियो, विशेषगरी दक्षिणपूर्वी युरोपको बाल्कन क्षेत्र धेरै तनावमा हुन्थ्यों । युरोपमा विभिन्न गठबन्धहरु वषौंदेखि अस्तित्वमा थिए, बाल्कन क्षेत्र (विशेषगरी बोस्निया, सर्बिया र हर्जिगोभिना) मा व्याप्त त’नावले उनीहरुबीचको सहमतिमा ख’तरा पैदा गरेको थियो ।

विश्वयु’द्धको आगो बोस्नियाको साराजेभोबाट सल्कियो, जहाँ अस्ट्रिया–हंगेरीको राजगद्दीका उत्तराधिकारी राजकुमार आर्कडुक फ्रान्ज फर्डिनान्ड र उनकी श्रीमती सोफीलाई सर्बियाली राष्ट्रवादी गाभरिलो प्रिन्सिपले २८ जुन १९१४ मा गोली हानेर ह’त्या गरे ।

प्रिन्सिप र अन्य राष्ट्रवादीहरु बोस्निया र हर्जिगोभिनाबाट अस्ट्रो–हंगेरियन शासन हटाउने संघर्षमा थिए । संसारका अन्य धेरै देशले झैं अस्ट्रिया– हंगेरीले पनि सर्बियाली सरकारलाई आ’क्र’मणको आरोप लगायो,सर्बियाली राष्ट्रवादको औचित्य सधैंका लागि अन्त्य गर्न यो दु’र्घ’ट’ना प्रयोग गर्न सकिने उसको आशा थियो ।

तर, रुसले सर्बियालाई सहयोग गर्नसक्थ्यों । त्यसैले जर्मनीका नेता केइसर विलहेल्म दोस्रोबाट सहयोगको आश्वासन नपाउँदासम्म अस्ट्रिया–हंगेरीले युद्ध घोषणा गरेन । अस्ट्रो–हंगेरियन नेताहरुलाई डर थियो कि रुसले हस्तक्षेप गरेसँगै रुसको सहयोगी फ्रान्स र सायद बेलायत पनि यु’द्धमा मिसिन्छ ।

५ जुलाईमा केइसर विलहेल्मले गोप्य रुपमा अस्ट्रो –हंगेरीको प्रस्ताव स्विकार्दै युद्ध भएमा सघाउने आश्वासन दिए । २३ जुलाईमा अस्ट्रिया– हंगेरीका राजाले (जो दुई देशका एकै राजा थिए) सर्बियालाई त्यस्ता कडा शर्तहरु राखेर यु’द्धको अल्टिमेटम पठाए, जसलाई स्वीकार्न असम्भव प्रायः थियो ।

अस्ट्रिया–हंगेरीले युद्धको तयारी गर्दैछ भन्ने विश्वस्त भएपछि सर्बियाली सरकारले आफ्नो सेनालाई परिचालित हुन आदेश दियो र रुससँग सहायता माग्यो । आफ्ना राजकुमारको हत्या भएको ठ्याक्कै एक महिनापछि अर्थात् २८ जुलाईमा अस्ट्रिया–हंगेरीले सर्बियावि’रु’द्ध यु’द्ध घोषणा ग¥यो । युरोपका ठूलो शक्तिबीच कमजोर अवस्थामा रहेको शान्ति चाडैं खल्बलियो । केही साताभित्रै रुस, बेल्जियम, फ्रान्स, बेलायत र सर्बिया अस्ट्रिया–हंगेरी र जर्मंनीवि’रुद्ध खडा भए, अनि पहिलो विश्वयु’द्ध सुरु भयो ।

चार वर्ष तीन महिना २ सातापछि (११ नोभेम्बर २०१८) मात्रै यो यु’द्ध अन्त्य भयो । यसपछि राजकुमार फर्डिनान्डको ह’त्या भएको पाँचौ वर्ष अर्थात् २८ जुन १९१९ मा जर्मनी र गठबन्धन शक्तिबीच भर्सेल्स शान्ति सन्धीमा हस्ताक्षर गरियो । यस सन्धीका धेरै बुँदामध्ये सबैभन्दा महत्त्वपूर्ण र विवादिन बुँदा ‘आफु र आफ्नो गठबन्धनअन्तर्गतका देशहरुले युद्धमा व्यहोरेको सम्पूर्ण क्षतिको जिम्मेवारी लिने विषय जर्मनीलाई स्वीकार छ’ भन्ने थियो ।