Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं । कोरोना म’हा’मा’रीसँग लड्दै गरेको विश्वका लागि अर्को ठूलो विपत्ति थपिएको छ । यही बीचमा भर्खर लद्दाखमा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भुर्गवविद्हरुका अनुसार ४.५ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प आएको हो । सयौं मानिसहरू सुरक्षाको लागि आफ्नो घरबाट भागेको रायर्टस लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । गत जुन १ मा ४.५ रेक्टर स्केल परिमाणको भूकम्प गएको थियो । त्यसपछि गएको यो भूकम्प यस वर्षको सबैभन्दा ठूलो दोस्रो भूकम्प हो । यसबाट ठुलो मानविय मात्रै नभएर अन्य क्षति पनि भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । थप जानकारी आउँन बाँकी रहेको छ ।