Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

आत्मह-त्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृ’त्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झु-ण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

तर उपचारका क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् ।उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । दीपकको श-व पो-ष्टमार्ट-मका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घ’टनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । source: ktmdainik