Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा पनि सकृय छन् । उनले आफ्नो ह्याण्डलवाट विभिन्न सामग्री पोष्ट गर्ने गरेका छन् । फेसवुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल चलाउने ट्रम्पका कारण यि कम्पनी भने ,है,रा,नी,मा परेका छन् ।

केही दिन अघि ट्रम्पले फेफवुकमा राखेका सामग्रीका कारण फेसवुकका संस्थापक जुकरवर्ग माथि कर्मचारीले नै प्रश्न उठाएका थिए । ट्रम्पले न’श्लवाद सम्बन्धी भिडियो पोष्ट गरेको र फेसवुकले त्यसलाई डिलिट नगरेको भन्दै जुकरवर्गको आलोचना कर्मचारीले गरेका थिए ।

तर अहिले ट्वीटरले भने ट्रम्पले राखेको सामग्री हटाइदिएको छ । ट्वीटर ‘क,पिराइट र फ्याक्ट चेक’को मामिलामा कठोर बन्दै गएको छ।जसका कारण पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै सामग्री हटाइएका छन् ।

केही समय अगाडि ट्रम्पको ट्वीटमा गल्ती भएको भन्दै ट्वीटरले ‘फ्याक्ट चेक’ लेबल राखेर तथ्य कुरा यसमा छ भन्दै एक समाचार संस्थाको लिंक हालिदिएको थियो।त्यसको केही दिनमै ट्वीटरले फेरि ट्रम्पको अकाउन्टबाट एउटा भिडियो हटाएको छ । उक्त भिडियोमा विभिन्न फोटोहरु हालिएको थियो।

फोटो खिच्ने व्यक्तिहरुले फोटो बिना अनुमति हालेको भन्दै रिपोर्ट गरेपछि ट्वीटरले सो भिडियो डिलिट गरिदिएको हो । ट्वीटरले प्रतिलिपि अधिकारको हनन् भएको भन्दै भिडियो ट्रम्पको अकाउन्टबाट हटाएको थियो।

यतिबेला भने ट्वीटरले ट्रम्पको समर्थन गर्न बनाइएको एक ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ। उक्त अकाउन्टबाट गलत प्र,चा,र,हरु हुन थालेपछि ट्वीटरले अकाउन्ट ब,न्द गरेको हो।त्यस अकाउन्टबाट दुई बालकको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सीएनएनमा प्रसारण भएको देखाइएको छ। तर वास्तवमा उक्त भिडियो सीएनएनमा प्रसारण भएको थिएन। ट्रम्पले उक्त भिडियो सेयर गर्दै सीएनएन खराब मिडिया भएको बताएका थिए। एजेन्सी