Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

जाजरकोटको भेरी नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिका छिमेकी पालिका हुन् । ती दुई पालिकाले जाजरकोट र रुकुम जिल्लालाई छुटाएको छ । त्यो छुटाउने सिमाना हो भेरी नदी ।

नजिक दुई पालिकाबीच गत साल पश्चिम रुकुमको चौरजहारीमा रनिङ सिल्ड भयो । त्यो रनिङ सिल्डमा सहभागि हुनका लागि जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक रुकुममा चौरजहारीमा पुगे ।

त्यहीँ सुष्मा मल्ल र नवराजबीच चिनजान भयो । चिनचान मात्र भएन त्यो भेट प्रेमका रूपमा परिणत भयो । प्रेम सम्बन्धमा बाँधिएका उनीहरू विवाह गर्ने निर्णयमा पुगे । त्यो उनीहरूका लागि सजिलो थिएन । फलाममा चिउरा सरह थियो । आखिर भयो पनि त्यही ।

मृतक नवराजका बुवा मनलाल विकका अनुसार प्रेम सम्बन्धमा जोडिएको हप्ता दिनपछि सुष्मा आफ्नो घर आएको बताउँछन् ।सानै उमेर र जात पनि नमिल्ने भएका कारणले सम्झाएर सुष्मालाई घर पठाएको बताए । ‘सुष्मालाई जात मिल्दैन, फेरि तिम्रो उमेर पनि कम छ’ उनले भने, ‘कानुनीरूपमा यसलाई बालविवाह भनिन्छ भन्दै सम्झाएका थिएँ ।’

नवराज कक्षा १२ उत्तीर्ण गरेका एउटा खेलाडी थिए । उनी खेल खेल्नकै लागि मेला–महोत्सव जाने गर्दथे । खेल्नका लागि रुकुम पुग्दा नवराजले लुकीछिपी प्रेमिका सुष्मालाई पनि भेट्थे ।

प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । दलित युवासँग प्रेम सम्बन्ध छुटाउन आफन्तले निकै प्रयास गरे । योबीचमा अभिभावकले छोरीलाई कु टपिट पनि गरेका स्थानीय बताउँछन् ।

प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर रूकुम पुगेका थिए । त्यतिबेला प्रहरीले हस्तक्षेप गरेको त्यहाँका स्थानीय बताउँछन् ।प्रेमिका सुष्माले बोलाएपछि बिहे गर्नकै लागि १९ जना साथीसहित नवराज रुकुम पुगेका थिए । जहाँ दर्दनाक घटना हुन पुग्यो ।पछिल्लो समय उनै नवराज नाचेको भिडियो सामाजिक संजालमा चर्चामा छ हेराैँ नबराज नाचेको भिडियोको क्लिप-