Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं । लामो समयदेखि निरन्तर वृद्धि भइरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सयले घटेर कारोबार भइरहेको हो । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ९ सय ४० रहेको महासंघले जनाएको छ ।