Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

पर्वत । विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा जस्तो देखिने सर्प पर्र्वतमा भेटिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीमा बुधबार सो सर्प भेटिएको हो । उक्त सर्प देखिएपछि कुश्मा नगरपालिका ९ का वडाबासीहरु आतंकित भएका छन् । स्थानिय सन्तोष लामिछानेका अनुसार सर्प किङ कोब्रा हुन सक्ने भन्दै पोखराबाट सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरिएको छ ।
फुल पार्न बसे जस्तै गरी सर्प बसेको छ ।

सर्प संरक्षक तथा सर्प विशेषज्ञ को टिमले उक्त सर्प फिमेल किङ कोब्रा हुन सक्ने समेत बताएका छन् । विशेषज्ञ सहितको प्राबिधिक टिम शुक्रबार सो स्थानमा आई अवलोकन गर्ने लामिछानेले जनता समाचार लाई जानकारी गराएका छन् । यस अघि पनि पर्वतमा किङ कोब्रा भेटिएको थियो ।