Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौँ । कोठामा सुतिरहेका बेला अचानक घरको छत खस्दा परिवारका पूरै सदस्यको ज्यान गएको छ। गहिरो निद्रामा रहेका बेला बिहान ५ बजेतिर अचानक घरको छत खस्दा एकै परिवारका ४ सदस्यको मृ’त्यु भएको हो।

घ’टना भारतको रतलामास्थित औद्योगिक क्षेत्रको हो। बिहीबार बिहान ५ बजे अचानक घरको छत खस्यो । घरमा रहेका दुई बच्चा र पत्नीको घटना स्थलमै मृ’त्यु भयो भने पतिको अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गयो।

भारतीय मिडियाका अनुसार उक्त घर एकै कोठाको थियो। मृतक मोहन कहारले पछिल्लो चार महिनादेखि उक्त घर भाडामा लिएका थिए। मोहन साबुआ भन्ने स्थानका थिए। तर उनी चार महिलाअघि मात्रै परिवारसहित त्यहाँ बस्न आएका थिए। उक्त घर ४०-४५ वर्ष पुरानो भएको बताइएको छ।