Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाण्डाै – बिहारमा चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ । भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे हाे । चट्याङ लागेर कैयाैँ घा’इते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नाै जनाकाे ज्यान गएकाे छ । बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे । सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्यान गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्यान गएकाे छ ।एजेन्सी