Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौ । आज एकै दिन नेपाली सेनाका २६ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना सैनिकमा कोरोना पुष्टि भएको हो । यसअघि सोही गणका ३ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै जुम्लाका कोरोना सं’क्रमण पुष्टि हुने सैनिकको संख्या २९ पुगेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जुम्लास्थित नन्दबक्स गणमा कार्यरत २६ जना सैनिकमा कोरोना पुष्टि भएको जानकारी दिए । ‘जुम्लाको नन्दबक्स गणमा कार्यरत २५ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो,’ पाण्डेले भने । बिहीबारै सुर्खेतस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पनि केही सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको छ । तर, उनीहरुको विस्तृत विवरण आइनसकेको प्रादेशिक अस्पताल सुर्खेत स्रोतले जनाएको छ ।सबैको जानकारीको सेयर गर्नुहोस !!