Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको ह त्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई ह त्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार राति करिब १ बजेको समयमा वि वाद हुँदा उनले ह त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै निधन भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

त्यस्तै अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आजनिधन भएको छ । निधन हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममानिधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

यो पनि : गुहार माग्नेहरु बोल्न छाडे ’

कञ्चनपुरको लालझाडी गाउँपालिकाका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी सङ्क्रमणको बाह्रौ दिन निको भएका छन् । यहाँका क्वारेन्टाइनमा खटिएका सो गाउँपालिका–२ कञ्जका ३२ बर्षीया उनीले होम क्वारेन्टाइनमै बसेर कोरोना जितेका हुन । “संक्रमण पुष्टि भएपछि घरमै बसेर तातोपानी, बेसार, अण्डा लगायतका बस्तुहरु उपभोग गरिरहेको थिए ।” उहाँले भन्नुभयो–“हिजो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।”

शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याप असिष्टेन्ट पदमा कार्यरत स्वास्थ्कर्मीले श्याम रानाले दोस्रो पटक पीसीआर विधिबाट कारोना परीक्षण गराउने बताउनुभयो । “दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि काममा फर्किने योजनामा छु ।” उहाँले भन्नुभयो–“कोरोना समाज चिन्ने रोग रहेछ भन्ने अनुभव भयो ।”

उहाँले सङक्रमण देखिँदा गाउँलेहरुको आफू र आफ्नो परिवारप्रति नै विभेदमा उत्रिएको दुखेसो पोख्नुभयो । “अरुबेला गाउँमा सानो समस्या पर्दा गाउँलेहरु घरमा आएर गुहार माग्थे ।” उहाँले भन्नुभयो–“कोरोना लागेको थाहा पाएपछि मेरो परिवारसंँग बोल्न छाडे ।”

गाउँमा रहेको सार्वजनिक धारामा गाउँलेहरुले आफ्नो परिवारलाई पानी समेत लिन जान रोक लगाएको उहाँको गुनासो छ । “रोग भन्दा पनि समाजले गरेको विभेद बढी पीडादायी भयो ।” उहाँले भन्नुभयो–“फोनबाट हालखबर सोध्नसम्म मन गरेनन् ।”उहाँले होम क्वारेन्टाइनमा बसिरहँदा कुनैखालको लक्षण नदेखिएको बताउनुभयो । “दुई दिनअघि म आफै एम्बुलेन्स लिएर परीक्षणका लागि धनगढी गएका थिए ।” उहाँले भन्नुभयो–“कोरोना जित्ने औषधी नै उच्च मनोबल रहेछ ।”

गाउँपालिकाका अन्य कोरोना सङक्रमितहरुको पुनः कोरोना परीक्षण हुन सकेको छैन । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले कञ्चनपुरमा २०३ जना सङक्रमित रहेको बताउनुभयो । संक्रमित मध्ये पाँच जना स्वास्थ्यकर्मी रहेको उहाँको भनाइ छ । “पुर्नबासमा देखिएका दुई जना स्वास्थ्यकर्मीहरु अस्पतालबाट फर्किएर होम क्वारेन्टाइनमा छन ।” उहाँले भन्नुभयो–“ दुई जना बेदकोट नगरपालिकामा सङक्रमित देखिएका स्वास्थ्यकर्मीको महाकाली अस्पतालमा उपचार हुदैछ ।” उहाँले सङ्क्रमितहरु सबैको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साझँसम्म सुदूरपश्चिममा एक हजार पाँच सय ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । “लक्षण नदेखिएका सङक्रमितहरु होम क्वारेन्टाइनमा रहेपनि स्वास्थ्यकर्मीहरुसित समन्वयमै छन् ।” निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भन्नुभयो–“लक्षण देखिए अस्पतालमा उपचार गराउने पछिल्लो योजना छ ।”

त्यसैगरी यहाँ १७६ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित मध्ये एक हजार २६४ पुरुष र २६८ महिला रहेका छन् ।