Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

एजेन्सी। भारत र चीनका बीच सीमामा त’नाव कम हुने लक्षण देखिएको छ । चिनियाँ सेनाले देपसाङ सेक्टरमा पनि आफ्नो गतिविधि बढाउन थालेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार चीनले पूर्वी लद्दाखको दौलत बेग ओल्डी (डीबीओ) हवाई स्ट्रीपबाट ३० किलोमिटर र देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यहाँको क्याम्पमा सैन्य बख्तरबन्द गाडी र तो’प पनि पुर्याइएको छ ।

भारत र चीनबीच भारतको गलवान घाटी, पैङ्गोग र हट स्प्रीङ क्षेत्रमा त’नाव जारी रहेको छ । लद्दाखको गलवान घाटीमा १० दिनअघि भारत र चीनका सैनिकबीच हिं’स्रक झड’प भएको थियो । झड’पपछि खिचिएको भूउपग्रहको तस्विरमा गलवान नदी क्षेत्र नजिक रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को दुवैतिर चीनको सेनाले क्याम्पको निर्माणलाई तीव्र बनाएको छ । एलएसीको नजिक थुप्रै क्याम्प निर्माण भएको तस्विरमा देख्न सकिन्छ । गलवान घाटीमा १५ जुन भएको हिं’सक झड’पमा भारतका २० सैनिकले ज्यान गुमाएका थिए।

यो तस्विर गलवान घाटीको पेट्रोल प्वाइन्ट–१४ को हो । २२ मे मा लिइएको पहिलो तस्विरमा सो क्षेत्रमा एकमात्र टेन्ट देख्न सकिन्छ । तर, दोस्रो तस्विरमा त्यहाँ टेन्टको संख्या बढेको देख्न सकिन्छ ।