Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं, ११ असार । महानायक राजेश हमालले स्वदेश फर्किरहेका नेपाली आप्रावासी कामदारहरुको पक्षमा एकजुट भइ उनीहरुको हौसला बढाउन अपिल गरेका छन् । निकै मार्मीक र कविताको शैलीमा उनले विपतको बेलामा स्वदेश फर्कीएकाहरुलाई स्वागत गर्न आग्रह गरेका हुन् । हमालले मंगलबार सामाजिक सञ्जाल फेशबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका छन् ।

उनले अहिले ऐक्यबद्धताको लागि जुट्ने समय भएको पनि बताएका छन् । अहिले देखिएको अवस्थाले मानिसवाट माया र स्नेह हराएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । हमालले भिडिओ सेयर गर्दै लेखेका छन्,(‘हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबहिनीहरू आफ्नो घर फर्किदैछन्, आउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।’

उनले भनेका छन्, ‘उ छोरा कसैको, बुवा कसैको छोरी कसैको , बुहारी दिदी बहिनी यि आफ्नै माटोका आफन्त नै हुन् । उनीहरु पराई होइनन् । तर संसारमा आएको विपत्तीको बेलामा उनीहरु झन किन तिरस्कार भए ? के यसलाई परिवार ? मानेकै हो हामीले प्रेम र स्नेहको हार ? स्वच्छ मनले उनीहरुलाई दिउँ साथ, तर नभुलौ आफ्नो सफा राख्न हात । ढोका उभिएको छ जोडेर यहि हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जव घर बसाउन मनमा आउँछ कुरा एकताद्धारा मात्र हुनेछ त्यो कुरा । स्वच्छ मनले स्वागत गर्नेछौं ढोका अगाडी जो देख्नेछौ । सफा हात र स्वस्च्छ मनले स्वागत गर्न आग्रह गरेका छन् ।’
भिडियाे