Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । ललितपुरमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना जनाको गरि नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्य भएको हो ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

यस्तै अर्का मृतक स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।यही असार आठ गते अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो। उनको उपचार गर्दागर्दै मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।