Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा थप ग,म्भी,र खुलासा भएको छ । यस प्रकरणमा लागेका डाक्टरहरुले अन्तिम पो–स्टमा–र्टम रिपोर्ट सार्वजनिक गरेका छन् । जसमा सुशान्तको फाँ–सीको कारण मृ,त्यु भएको पाइएको छ । पाँच जना डाक्टरहरुको टोलीले अन्तिम पो–स्टमा–र्टम रिपोर्टमा यस्तो कुरा उल्लेख गरेको छ । जबकि भिसेरा रिपोर्ट आउन अझै बाँकी रहेको बताइएको छ । मुम्बई पुलिसले भिसेरा रिपोर्टका लागि डीजी फोरेन्सिकलाई पनि पत्र लेखेको छ ।

मुम्बई पुलिसका अनुसार सुशान्तको घाँ,टीमा प,रे,को द,वा,बका, कारण ज्य,न गएको छ । अनुसन्धानमा शरीरमा चो,ट लागेकोजस्तो कुनै सं,के,त देखिएको छैन । सुशान्तको शरीरमा कुनै निशानहरू फेला परेनन्, न त कुनै न दाग पत्ता लाग्यो । सुशान्तको सीए मुम्बईको पुलिसले आज एक प्रतिवेदन लिएको छ । अहिलेसम्म डाक्टरको बयान लिइएको छैन ।

जुन १४, सुशान्त सिंह राजपूतले मुम्बईको आफ्नै घरमा दे,ह,त्या,ग गरेका थिए । हालसम्म पुलिसले यस मामलामा २५ भन्दा बढी व्यक्तिलाई सोधपुछ गरिसकेको छ । यसमा उनका परिवारका सदस्यहरू, साथीहरू, रिया चक्रवर्ती र सँगै काम गर्ने मानिसहरू समावेश छन् । मुम्बई पुलिसले यो पनि भनेको छ कि जसले उनको मृ,त्यु बारेमा अनुमान चलाउँछन् उनीहरुलाई पनि सुशान्तको मृ,त्युको बारेमा प्रश्न गरिनेछ ।

भिडियाे

सबैको जानकारीको सेयर गर्नुहोस !!

यो पनि भारतमा एकै दिन झण्डै १६ हजार कोरोना स,ङ्क्र,मि,त भेटिए

नयाँ दिल्ली : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ । प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । तीमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी महाराष्ट्र राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने सङ्क्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना सङ्क्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु मन्टेभिडियो, १० असार (रासस–एएफपी) – दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख पुगिसकेको छ ।

ब्राजिलमा हालसम्म ५२ हजार ६४० जनाभन्दा बढीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ११ लाख ४५ हजार ९०६ जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या संयुक्तराज्य अमेरिकापछि दोस्रो स्थानमा छ । पेरुमा पनि कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ । पेरुमा जारी अनिवार्य लकडाउन १०० दिन पुगेको छ । पेरुको छिमेकी राष्ट्र कोलम्बियाले क्वारेन्टिनको अवधि आगामी जुलाई १५ सम्म बढाएको छ । कोलम्बियामा २ हजार ४०४ जनाभन्दा बढीको मृत्यु हुनुका साथै ७४ हजारको हाराहारीमा मानिस संक्रमित छन् ।