Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौं उपत्यकामा थप १ जनाको मृ]त्यु भएको छ। पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृ’त्यु भएको पुष्टि भएको छ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २६ पुगेको छ।