Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं । केही दिनदेखिकाे वर्षाले मुलुकको विभिन्न ठाउँमा असर पु-याएको छ । केही ठाउँमा पहिरो गएको छ । कही सडक भत्किएकाे छ । काठमाडौंको मुटुको रुपमा रहेको नयाँ बानेश्वरमा पनि वर्षाले असर पारेको छ ।

मुलुकको नीति निर्माण गर्ने संघीय संसद रहेको ठाउँ हो, नयाँ बानेश्वर । मुलुकको योजना तथा नीति तर्जुमा गर्ने विधायकहरु प्राय दिनहुँ बानेश्वर ओहाेरदोहाेर गर्छन् ।

सांसदसहित उच्च ओहादावालहरु सवार हुने बानेश्वरको भेनस अस्पताल नजिककै सडको अवस्था भने यस्तो छ । सडक अहिले भासिएको छ । बिहीबार बिहानै सडकमा गाडी नै छिर्ने अवस्थाको भ्वाङ परेपछि त्यस वरपरका बासिन्दा आत्तिएका छन् ।
(जनतासमाचारबाट साभार)