Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

हिंजो बुधबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आज बिहीबार भने यथावत रहेको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी बुधवारको तुलनामा १० रुपिँयाले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।