Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौं – गायिका अन्जु पन्तको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितले रातारात हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । गएको बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गित रेकर्डीङ्ग गराएकी थिइन् ।

तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् । नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी ।

व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । फेसबुकले उनको एकाउन्ट पनि भेरिफाइड गरिदिएको छ ।
केटिएम दैनिकबाट साभार