Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

असार ११, काठमाडौ । बुधबार राती करिब साढे ८ बजे मुम्बईको जुहू इलाकामा अभिनेता गोबिन्दाको छोरा यशवर्धन आहुजाको कार दुर्घटनाको शिकार भयो । प्रहरी स्रोतका अनुसार उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठक्कर दियो ।

यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि गम्भीर चोट भने लागेन । भारतीय सञ्चार माध्यमका अनुसार गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए ।

यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए । जूहू प्रहरीका अनुसार यो मामिलामा कसैको पनि ऊजुरी दर्ता भएको छैन । मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन् ।