Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

बुधबार राती करिब साढे ८ बजे मुम्बईको जुहू इलाकामा अभिनेता गोबिन्दाका छोरा यशवर्धन आहुजाको कार दु’र्घ’ट’नाको शि’का’र भयो । प्रहरी स्रोतका अनुसार उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठ’क्क’र दियो । यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि ग’म्भी’र चो’ट भने लागेन ।

भारतीय सञ्चार माध्यमका अनुसार गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए । यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए । जूहू प्रहरीका अनुसार यो मामिलामा कसैको पनि ऊ’जुरी दर्ता भएको छैन । मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन् ।

बलिउडमा प्रवेश गर्न सक्छन् यशः
५६ वर्षका गोबिन्दाका दुई सन्तान छन् – छोरी टीना र छोरा यशवर्धन । टिना बलिउडमा प्रवेश गरिसकेकी छिन् र गोबिन्दालाई अब यशबाट ठूलो आशा छ । यशले लण्डनबाट फिल्म मेकिङको पढाई गरेका छन् । उनले फिल्म निर्माता साजिद नाडियाडवालाको मार्केटिङ टीममा पनि काम गरे । यशले सलमान स्टारर ‘किक’ को सिक्वेलबाट डेब्यू गर्ने खबर सार्वजनिक भएको थियो तर कोरोना लकडाउनका कारण उक्त प्रोजेक्ट अड्किएको छ । source: ratopati