Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. ४ निवासी सबिता श्रेष्ठको श्रीमान मिलन थेबे ( लिम्बू ) विगत २ बर्ष देखी सम्पर्क बिहिन भएका छन्। कमाउन जान्छु भनि हिडेका श्रीमान उता उतै सम्पर्क बिहिन भए पछि सबिताको जिवन निकै क’स्ट’कर बन्यो । श्रीमान आज पो आउछन् कि भोली पो आउछन् कि भन्दै बाटो हेर्दा हेर्दै २ बर्ष बित्यो ।

सबिताको एक छोरी र एक छोरा रहेका छन् । खान, लाउन तथा सन्तानलाई पढाउन सबितालाई धौ-धौ परिरहेको अबस्था थियो । ४ नम्बर वडा कार्यालय र छिमेकीहरुको सहयोगमा जसो तसो जिवन चलाउदै आएकी थिईन । वडा बाट २ पटक पाएकी खाद्दन्न सक्कीए पछि के खाने भन्ने चिन्ताले सबितालाई सताउन थाल्यो ।

युटुब च्यानल ईस्वर दुलालमा भिडियोमा समाचार बाहिरिए पछि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. ९ निवासी हाल हंङकङ बस्दै आएका नरेश नाल्बोबाट १० हजार, स्व. बिष्णुमाया लिङथेपको तिथीको अबसर पारी उहाँको परिवार जन बाट १६ हजार पाँच सय बराबरको आर्थिक तथा रासन सहयोग आयो ।

त्यसैगरी बेलायतमा बस्दै आउनु भएकी समाज सेवी तथा सामाजिक अभियान्ता इशा गुरुङबाट १० हजार, मोरङ बेलबारी हाल साउदि अरबमा रहनुभएका योगेन राईको संयोजकत्वमा १९ हजार ९९ , ताप्लेजुङ चागे निवासी हाल हंङकङ बस्दै आउनु हुने अनिता आन्छङवो लिम्बुको तर्फबाट पाँछ हजार नौ सय सहयोग आयो ।

सबितिरबाट जम्मा भएको ६१ हजार ४९९ मध्येबाट २५ हजार ९९० बराबरको खाध्य सामाग्री खरिद गरि हस्तान्तरण गरेको संन्चारकर्मी ईस्वर दुलालले जानकारी दिए ।सहयोग अभियानबाट सबिता श्रेष्ठलाई ब्याक्तिगत रुपमा देश तथा विदेशमा रहनु भएका सहयोगी मनहरुले ३५ हजार ६०० नगद सहयोग आएको उनि बताउछिन ।

सहयोग सबिता श्रेष्ठकै घरमा कार्यक्रम गरी हिसाब सार्वजनिक समेत भएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा न. ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी, वडा सदस्य …. बा. मगर , तुलसा दर्जी, पत्रकार सन्तोश राई, मोहन भट्टराई, दिनेश सुब्बा, अर्जुन जम्मेली राई लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमा बोल्दै अभियान कर्मी ईस्वार दुलालले भने, ‘अभियानमा मलाई साथ दिनुहुने सामाजिक अभियान्ता रमा वली र समाजसेवी, सामाजिक अभीयान्ता इशा गुरुङसाथै सम्पुर्ण सहयोगीहात हरुलाई मनै देखी नमन गर्न चाहन्छु ।

अभियान चलाउदै गर्दा मलाई केहि-केहि साथिहरुले भन्नु भएको थियो, ‘यु आर रियल हिरो’ म रियल होरो हैन, रियल हिरो त उहाहरु हो जसले देश तथा विदेशमा रहेर हरेक गरीब दुखीहरुको घाउमा मलमपट्टि गर्न सहयोग गर्नुहुन्छ ।’ दुलालले कुरा थप्दै भने, ।

को हुन इशा गुरुङ?
बेलायतमा रहेर लामो समयदेखि सामाज सेवा गर्दै आउहुने समाजसेवी तथा सामाजिक अभीयान्ता इशा गुरुङको नेपाल घर पोखरा हो । नेपालीहरुलाई दु:ख परेको देख्ना साथ उहाँले सहयोग गरि हाल्नु हुन्छ । उहाले धेरै गरीब दु:खीलाई सहयोग गर्दै आइरहनु भएको छ । समाजमा उहाँको निक्कै ठुलो योगदान रहेको छ ।

को हुन् रमा वली ?
रमा ओलि नेपाल हुनुहुन्छ उहाँको घर सुर्खेत जिल्ला हो । उहाँ पनि सामाजिक कार्य अथवा समाज सेवामा खटिनु हुन्छ । हिँजो आज हाम्रो समाजमा विभिन्न प्रकारका जातीय भेदभाव हत्या, हिंसा, बलात्कारी जस्ता जघन्य अपराध भईरहेका छन । यस बि’रूद्ध र यस्ता घटनाहरू रोक्नुपर्छ भनि सरकारलाइ द’वाव दिने उद्देश्यले आवाज उठाउनु हुन्छ । गरिबलाई अन्याय हुदा न्यायको लागि लड्ने एक सचेत नागरिक भनेर रमा ओलि लाइ चिनीन्छ । भिडियो source: osnepal