Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौं। आज (बुधबार) छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेकोे छ । आज चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।