Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौँ । नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ की १० महिनाकी छोरी सियोना श्रेष्ठ यतिबेला SPINAL MUSCULAR ATROPHY (SME-1) नामक समस्यासँग जु,धि,रहेकी छिन् । जसका लागि करिब २५ करोड लागत लाग्ने अस्पतालले जनाएको छ । यो समस्यासँग जु,धि,र,हेकी सियोनाको उपचार नेपालमा सम्भव नभएको र अमेरिकामा मात्रै सम्भव भएका कारण तत्कालै पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ परिवारमा थपिएको छ ।

यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने भएका कारण सियोनाका बाबु सन्दिप र आमा एलिनालाई धपेडी थपिएको छ । सानो रकम भएको भए आफन्त र साथीभाईबाट सम्भव हुने भएता पनि २५ करोड रुपैयाँ तत्कालै जोहो गर्न गाह्रो भएको समयमा अहिलेसम्म ३ करोड रुपैयाँ जम्मा भएको छ ।

सहयोगको लागि : Account Name: Siyona Shrestha / A.C No: 206500000031524 / Bank Of Kathmandu Ltd. / Parasi Branch

blob:https://www.youtube.com/ea7899f0-a1dd-431e-abe1-e6accee60105