Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

कोरोना भाइरस द्वारा सं’क्र’मि’त भएर मृ’त्युको अ’त्य’धि’क ख’त’रा’मा रहेका ज्येष्ठ नागरिकहरुका लागि सम्भवतः कोभिड–१९ को भ्याक्सिन प्र’भावकारी नहुन सक्ने बेलायतका वैज्ञानिकले अनुमान गरेका छन् । ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आर्ने अकबरले यसबारे आफ्नो धारणा पोखेका छन् ।

उनले भनेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि स्वस्थ ज्येष्ठ नागरिकको शरीरमा पनि सामान्यतः इन्फ्लेमेशन बढी हुन्छ । हामीले यो बुझ्न जरुरी छ कि इन्फ्लेमेशन कहाँबाट आउँछ र ज्येष्ठ नागरिकमा यही इन्फ्लेमेशन कमजोरी समेत अन्य थुप्रै लक्षणको रुपमा देखिने गर्छ । जब तपाईं कोरोना भाइरस द्वारा सं’क्र’मि’त हुनुहुन्छ तब यो इन्फ्लेमेशन निकै बढ्ने गर्छ । यस्तोमा वैज्ञानिकले इन्फ्लेमेशन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ । यो एउटा यस्तो कुरा हो जसबारे हामीले आफ्नो बुझाई विकसित गर्नुपर्नेछ ।’

इन्फ्लेमेशन त्यो प्रक्रिया हो जब मानव शरीर कुनै सं’क्र’म’ण वा स’म’स्या सँग ल’ड्न’का लागि बढी मिहिनेत गर्छ । अबकरको भनाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले भनेको छ, ‘ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै इन्फ्लेमेशन रोक्नका लागि केही अन्य कुरा पनि दिनु पर्नेछ जस्तै स्टेरोइड ड्रग डेक्सामेथासोन जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेशनलाई रोक्न सकोस् । यसको मद्दतले कोभिड–१९ द्वारा सं’क्र’मि’त’को ज्या’न बचाउन मद्दत पाइएको छ ।’

उनका अनुसार यदि ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै स्टेरोइड ड्रग डेक्सामेथासोन दिइएको खण्डमा भ्याक्सिन थप प्रभावकारी हुनसक्छ । यसका साथै उनले थपेका छन्, ‘भ्याक्सिनले युवालाई बढी फाइदा पुर्याउँछ र यो सही हुनेछ किनभने जब युवा भाइरस द्वारा सं’क्र’मि’त हुँदैनन् भने उनीहरुले आफ्नो घरमा भएका ज्येष्ठ नागरिक सम्म भाइरस फैलाउन सक्नेछैनन् । तर ज्येष्ठ नागरिक लाई यसले सीधा असर पार्ने छैन र उनीहरु ती व्यक्ति मध्ये हुन् जो यति बेला सबैभन्दा ग’म्भी’र परिस्थिती सँग जुधिरहेका छन् ।’ स्रोतः बीबीसी