Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६२९ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।